सन् २०१९ को अन्तिम हुँदा विश्व अर्थतन्त्र ८६ ट्रिलियन अमेरिकी डलर बराबरको भएको छ।
गएको १ वर्षमा १ ट्रिलियन डलरले अर्थतन्त्र बढेको हो।
विश्व आर्थिक मञ्चमा प्रकाशित समाचारअनुसार संसारको कूल जिडिपीको ७५ प्रतिशत हिस्सा १५ देशमा रहेको छ।
कूल जिडिपीको २३.८९ हिस्सासहित संयुक्त राज्य अमेरिकी अर्थतन्त्र संसारकै ठूलो अर्थतन्त्रमा कायमै छ। त्यस्तै दोस्रोमा भएको चीनको अर्थतन्त्रले १५.७९ प्रतिशत हिस्सा ओगटेको छ।
त्यसपछि क्रमश: जापान,जर्मनी, संयुक्त अधिराज्य बेलायत,फ्रान्स र भारत रहेका छन्।