खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरीले ‘खुकुरी सांगीतिक महोत्सव’को आयोजना गर्ने भएको छ।
अगामी शनिबार दिउँसो २ बजेदेखि राति १० बजेसम्म काठमाडौँस्थित मल्ल होटेलमा उक्त महोत्सव आयोजना हुने भएको हो।
नेपाली युवालाई खुकुरी रमका विभिन्न स्वादसँगै संगीतकारको प्रत्यक्ष प्रस्तुतिको अनुभव गराउने उद्देश्यले सांगीतिक महोत्सवको आयोजना गर्न लागिएको कम्पनीले बतायो।
कार्यक्रममा खुकुरीका विभिन्न पेय पदार्थमध्ये ‘हट रम पन्च’ कक्टेल मुख्य आकर्षण रहने छ।
पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा बिक्की गुरुङ, बर्तिका इयम राई, विपुल क्षेत्री, द एलिमेन्ट्स, भेक, ब्लुज एण्ड स्पार्क, पहेलो बत्तिमुनि तथा ५ः५५ जस्ता कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ।
साथै डि जे फिन्जोक, डि जे बिकी कुल, डि जे बिपिएम, डि जे विधान, डि जे नील, डि जे मनिष र डि जे पल टेन जस्ता चर्चित डि जेहरुले पनि आफ्नो संगीत प्रस्तुत गर्नेछन्।
यसअघि खुकुरी रमले ‘खुकुरी म्युजिक टुर’ नामले स्थानीय सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको थियो।