सामसङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिभल २०१९’को उपाधी सेलेस्टियल टिमले हात पार्न सफल भएको छ।
उत्कृष्ट दश प्रतिष्पर्धि समूहलाई पछि पार्दै सेलेस्टियल उपाधि जित्न सफल भएको हो।
दश समूहमा दुई सय जना प्रतिष्पर्धि थिए।
शनिबार काठमाडौंको सिल्भर ओक ब्यानक्वीट एन्ड इभेन्ट सेन्टर, गैरिधारामा सम्पन्न कार्यक्रममा सहभागि समूहले विभिन्न के पप सङमा नृत्य गरे।
आफ्नो नृत्य प्रस्तुत गर्ने म्ध्येबाट प्रतिष्पर्धाका लागि ३ जनाको जुरी समूहले विजेता घोषणा गरेका हुन्।
प्रतियोगितामा थ्रीएपिएम समूह दोस्रो हुन सफल भएको छ भने क्रेडो–इन समूह दोस्रो भयो। प्रथम हुने टिमले चार सेट सामसक एएट्टि फोन, दोस्रो हुने सामसक एफिप्टीएस र तेस्रो हुने सामसङ एथर्टीएस फोन प्राप्त गरे।
प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाका लागि गत मंगलबार१० प्रतियोगी छनौट भएका थिए।
ती प्रतियोगी टिम क्रमशः एचटुबी, सेलेस्टाइल, ड्रिमिङ इन के पप, क्रेडो–इन क्रिउ, दिपिका तामाङ, समिर खत्री, स्काइ लिटिल विङ्स, टि–ग्याङ्स, थ्रीएपिएम र लागोम एक्स हुन्।
उनीहरुलई कुनै पनि कोरियन पप गीतसँग १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारीक वेवसाइटमा भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो।