एलजीले नेपालभरी रोड शो सुरु गरेको छ।
उक्त शोमा एलजीका ‘इनोभेटिभ प्रोडक्ट’हरुको डिस्प्ले सँगै डेमो पनि गरिरहेको छ। यस रोड शो को मुख्य आकार्षण वासिङ्ग मेसिन, टिभी र एसी रहेको छ।
भक्तपुरदेखि शुरु भएको रोड शो बाग्लुङ्ग, पोखरा हुँदा महेन्द्रनगर, नारायणघाटबाट काकडभिट्टासम्म पुग्नेछ।
रोड शोको मुख्य उद्देश्य एलजीको वासिङ मेसिनको डेमो रहेको छ।
जसमा एलजीको ८ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने कम्पनी जानकारी दिएको छ।
एलजीको वासिङ मेसिन नेपाली बजारमा विक्री हुने गरेको छ।
यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउन सकिने कम्पनीको विश्वास छ।
एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्राली रहेको छ।