‘अरबान्स् नेपाल’ले नेपालमै पहिलो ‘लोकल होम सर्भिस एप’ लन्च गरेको छ। शुक्रवार होटल सोल्टीमा आयोजीत एक कार्यक्रममा उक्त एप लन्च गरीएको हो।
विशेषगरी दैनिक जिवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्यालाई मध्यनजर गरेर एप लंच गरिएको अरबान्स नेपालले बतायो।
अरबान्स् नेपाल एपमार्फत उपभोक्ताले आफुलाई चाहिएको दैनिक सेवाको लागी दक्ष कामदार हायर गर्न सक्छन्।
जसले सहुलियत र १५ दिनको ग्यारेन्टिका साथ सेवासुविधा उपलब्ध गराउँछ।
अब अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर अगाडि अ अरबान्स् नेपालले बतायो।
कार्यक्रममा अरबान्स् नेपालका सिईओ तथा संस्थापक सविल खानले ‘स्वदेशमै रोजगारीको माहोल बनाउँछु’ भन्ने नाराका साथ यो एप लन्च गरेको जानकारी दिए।
खानले भने ‘दैनिक १२ सय भन्दा बढी युवा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। जसमध्ये ७० भन्दा बढी नेपाली रातो वाकसमा फर्कन्छन्। त्यस्तो नहोस् भनेर हामी देशमै रोजगारको प्लेटफर्म बनेका हौं’।
‘टुटलको जस्तै कमिशन मोडलमा आफु आफ्नै मालिक जस्तै काम गर्ने विकल्प छान्ने सिस्टम बनाइएको छ। जसले गर्दा विचौलीले ठग्ने कुनै पनि मौका पाउने छैनन्’, उनले थपे।
अरबान्स् नेपालका सिईओकाअनुसार अरबान्स् नेपालले नेपालमै बसेर केही गर्न खोज्ने युवालाई लक्षित गरी ‘नेपालीले नेपालकै लागि गर्छु’ भन्ने नारा लिएको युट्यूवमा क्याम्पेन गर्न लागेको छ।