संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेस भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को उद्धघाटनमा दिपावली गर्न आग्रह गरेका छन्।
‘नेपाल भ्रमण वर्ष २०२० तयारीको विषयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले सरकारी निकाय, निजी क्षेत्र, गैर सरकारी क्षेत्र, विदेशस्थित कुटनिटिक नियोग, राजदुतावासलाई दिपावली गर्न आग्रह गरेका हुन्।
दिपावलीले नेपाल नयाँ यात्रातर्फ लागेको र नेपालीहरूको नयाँ यात्रा अघि बढेको संकेत गर्ने उनको भनाइ थियो।
‘हाल पर्यटनले कुल ग्राहस्थ उत्पादनको ३ प्रतिशत हिस्सा ओगटेको छ, त्यसलाई १० प्रतिशत बनाउने सरकारको लक्ष्य छ। जसको लागि पर्यटन पूर्वाधारको विकास र सेवा विस्तारमा जोड दिइरहेका छौं’ उनले भने।
नेपाल आउने पर्यटकको संख्या भन्दा यी पर्यटकबाट संसारभर जाने संदेश महत्तवपूर्ण भएको मन्त्री भट्टराइले बताए।
जनवरी १ को दिन दशरथ रङ्गशाला र ७ ओटै प्रदेशमा एकैसाथ भ्रमण वर्षको उद्धघाटन हुँदै छ।