नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज १६ गते आएको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ।
बाल विकास माध्यामिक विद्यालयमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण गर्दै खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई राहत मिल्ने धारण व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिँदै आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद व्यक्त गरे।