जाजरकोटका भूकम्प प्रभावित परिवारलाई नेपाल चेम्बर अफ कमर्सले अत्यावश्यक सामग्री सहयोग गर्ने भएकाे छ।
कमर्सले भूकम्प प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको हाे। चेम्बरको विपद् व्यवस्थापन कोष अन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको हो।
चेम्बरले आवश्यक सम्पूर्ण सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत् सरकारको एकद्वार प्रणालीमा सहयोग गर्न लागिएकाे चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।
मल्लका अनुसार सरकारी निकायसँग समन्वय गरेर नै सहयोग सामग्री वितरण गरिनेछ।
जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर-१ रामिडाँडा केन्द्र भएर कात्तिक १७ गते (शुक्रबार) राति गएको ६.४ रेक्टरको भूकम्प गएको थियो।
भूकम्पबाट भएको जनधनको क्षतिप्रति चेम्बरले दुःख व्यक्त गरेको छ।