राष्ट्रिय योजना आयोगले जारकोटलाई केन्द्र बनाएर गएको भूकम्पको कारण पुगेको क्षतिको विवरण संकलन गर्न सुरू गरेको छ।
जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको थियो भने थुप्रै संरचनामा क्षति पुगेको छ।
आयोगका सह–प्रवक्ता दिवाकर लुईटेलका अनुसार उपसचिव अशोक कोइरालाको नेतृत्वमा अहिले विवरण संकलनको काम भइरहेको छ।
'अहिले एक जना व्यक्तिलाई फोकल प्रश्न तोकेर तथ्यांक संकलनको काम गरिरहेको छौँ, त्यसपछि क्षतिको वृस्तृत विवरण निकालिने छ,' सहप्रवक्ता लुईटेलले भने।
आयोगले स्थानीय तहहरूसँगको समन्वयमा शनिबारदेखि नै तथ्यांक संकलन गरिरहेको छ।
यसअघि २०७२ सालको भूकम्पमा समेत आयोगले क्षतिको विवरण निकालेको थियो। त्यतिबेला नौ खर्ब बढीको क्षति पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो।