भिजि फाउन्डेसनले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने भएको छ।
विशाल ग्रुप अन्तर्गतको भिजि फाउन्डेसनले पश्चिम नेपालको जाजरकोट र रुकुममा गएको विनाशकारी भूकम्पबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न प्रधामन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख जम्मा गर्ने घोषणा गरेको हो।
कम्पनीले भूकम्पमा परी ज्यान गुमाउने नेपालीहरू प्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ।