हेराल्ड कलेजको वार्षिक दीक्षान्त समारोह सम्पन्न भएको छ। सोमबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा दीक्षान्त समारोह सम्पन्न गरिएको हो।
समारोहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसमध्ये २७२ स्नातकहरू समग्रमा बिएससी (अनर्स) कम्प्युटर साइन्स र ६२ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका छन्।
हेराल्ड कलेज काठमाडौंको कम्प्युटर साइन्स कार्यक्रमबाट उच्च सम्मानका साथ स्नातक गरेकी अभिनव प्रसाईलाई प्रतिष्ठित स्नातकोत्तर 'इनोभेट नेपाल ग्रुप छात्रवृत्ति' प्रदान गरिएको थियो। यस छात्रवृत्तिले प्रसाईलाई आइएनजी कलेजहरू मध्ये एकमा थप उच्च शिक्षाको लागि मद्दत मिल्नेछ।
आफ्नो मुख्य मन्तव्यमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्डमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरूमा रोजगार पाइरहेको बताए। उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सुचना प्रविधि क्षेत्रमा अग्रस्थानमा रहेको धारणा राखे।
समारोहमा हेराल्ड कलेज काठमाडौंको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयका सर्जिन मोंप्लले प्रशंसनीयको समेत उपस्थिति थियो।