टोखाको एशिया प्यासिफिक स्कुलमा कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्समा आधारित विद्यार्थीका इन्नोभेसनहरू प्रदर्शनी भएका छन्।
स्कील्सअपसँगको सहकार्यमा आयोजना गरिएको प्रदर्शनीमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूले नवप्रवर्तन र उद्यमशीलता भन्ने विषयवस्तुमा विभिन्न प्रोजेक्ट राखेका थिए।
कोडाथन नाम दिइएको प्रदर्शनीले उदीयमान प्रतिभाहरूलाई आफ्नो कल्पनाशील विचार र प्राविधिक अन्तरदृष्टि व्यक्त गर्ने मञ्चको रूपमा काम गरेको स्कुलले बताएको छ।
प्रदर्शनीमा स्मार्ट एग्रिकल्चर अटो ग्रीनहाउस, हेल्मेट/सिटबेल्ट पत्ता लगाउने सडक सुरक्षा परियोजना, र सौर्य ट्रयाकर, स्मार्ट होम सेक्युरिटी सिस्टम (आवास सुरक्षा), हेल्थकेयर च्याटबोट, एआई रिमोट डाक्टर, सी क्लिनिङ रोबोट, फरेस्ट फायर डिटेक्शन सिस्टम, एरिया क्याल्कुलेटर र स्मार्ट पार्किङ जस्ता प्राजेक्टहरू राखिएको थियो।
यस प्रदर्शनीले नवप्रवर्तनलाई बढावा दिन र वास्तविक–विश्वका चुनौतीहरूलाई सम्बोधन महत्त्वपूर्ण भूमिका खेल्ने स्कुलको भनाइ छ।
प्रदर्शनीमा उपस्थित अभिभावक र सहभागीहरूले बालबालिकाको प्रयासको प्रशंसा गर्दै युवा दिमागले देखाएको रचनात्मकता तथा क्रियशीलताको खुलेर प्रशंसा गरे।
यसले विद्यार्थीहरूलाई व्यावहारिक सीपको विकासका लागि कोडिङ, रोबोटिक्स र एआई मार्फत वास्तविक संसारका समस्याहरूलाई सम्बोधन गर्न सामूहिक तथा सहयोगी रूपमा काम गर्न प्रोत्साहित गरेको थियो।
प्रदर्शनीमा सहभागी भएका विद्यार्थीहरूकोडेभर इभेन्टको राष्ट्रिय साझेदारको रूपमा रहेको नीमा एकेडेमीले आयोजना गर्ने सबैभन्दा ठूलो कोडिङ, रोबोटिक्स प्रतियोगितामा विद्यार्थीहरू सहभागी हुनेछन्।