युवा उद्यमी मन्च रूपन्देहीले आयोजना गरेको ‘तेस्रो युवा उद्यमी सम्मेलन-२०२४’ सम्मेलन सम्पन्न भएको छ।
बुधबार बुटवलमा आयोजना गरिएको सम्मेलनमा नेपाली युवा उद्यमी मन्च रूपन्देहीका संस्थापक अध्यक्ष आनन्द ओझा एनएमबी बैंक लिमिटेडका एमएसएमई र एसएमई प्रमुख उत्सव घिमिरे, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी लगायतको उपस्थित थियो।
सहभागीहरूले सम्मेलनमा आ-आफ्ना भनाइ राखेका थिए। सम्मेलनमा रूपन्देही र अन्य विभिन्न स्थानबाट 'मेड इन नेपाल' र 'हाम्रो पनि राम्रो पनि' मूल नाराका साथ १४ वटा स्टल राखिएका थिए।