सिप्ला लिमिटेडले नेपालमा न्युमोटेकमा आधारित पोर्टेबल, वायरलेस स्पिरोमिटर 'स्पिरोफाइ' सार्वजनिक गरेको छ।
यसले नेपालमा अबस्ट्रक्टिभ एयरवे डिजिज (ओएडी) पहिचान र निदानमा क्रान्ति ल्याउने विश्वास लिएको छ। यससँगै विश्वव्यापी रुपमा नै श्वासप्रश्वास स्वास्थ्यमा सिप्लाको नेतृत्वदायी भूमिका थप सुदृढ हुने बताइएको छ।
इन्टरनेशनल जर्नल अफ क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज २०२१ अनुसार नेपालमा सिओपिडीको प्रकोप दर अनुमानित ११.७ प्रतिशत छ।
नेपालमा नसर्ने रोगमध्ये ४३ प्रतिशत क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी)का बिरामी छन् र यसका कारण अस्पतालमा भर्ना हुनेहरूको दर २.५६ प्रतिशत रहेको छ।
सिप्लाको स्पिरोफाइले देशभरका डाक्टरहरूलाई अझ विशेष गरेर नेपालका ग्रामीण र दुर्गम क्षेत्रका बिरामीहरूको प्रारम्भिक पहिचान र निदान गरेर जीवनस्तरमा नै सुधार गर्न मद्दत गर्नेछ।
स्पाइरोमेट्री सिओपिडी पहिचान र निदानका लागि उत्कृष्ट मानक हो। यद्यपी यसको ठूलो आकार, जटिल कार्यक्षमता, र स्पिरोमिटरहरूको नियमित मर्मतसम्भार गर्नुपर्ने आवश्यकताका कारणले यसको व्यापक प्रयोगमा अड्चन सिर्जना गरेको थियो।
नेपालमा सिओपिडीका बिरामी कम निदान हुनु वा गलत निदानका घटनाहरू पनि देखिएका छन्।
स्पिरोफाइ राम्रो ब्याट्री ब्याकअपको साथ पूर्णतया वायरलेस छ। जसले गर्दा विद्युतको राम्रो पहुँच नभएका दुर्गम स्थानमा हुने स्वास्थ्य शिविरहरूमा प्रयोगको लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ।
चिकित्सकहरूले यसलाई बिना कुनै झन्झट सजिलै प्रयोग गर्न सक्छन्। यसले वास्तविक–समयमै वायरलेस थर्मल प्रिन्टरमार्फत रिपोर्टहरू दिन्छ। यसका साथै फोनमा पिडिएफका माध्यमबाट पनि रिपोर्ट प्राप्त गर्न सकिन्छ।
यसमा ब्याक्टेरियल तथा भाइरल फिल्टरहरू प्रयोग गरिएका कारण यो पूर्ण रुपमा सुरक्षित छ। सिप्लाले स्पाइरोमेट्रीका परिणामहरूको व्याख्या गर्न चिकित्सक र प्राविधिकहरूलाई प्रशिक्षणसमेत दिनेछ।
सिप्लाले २०२१ म स्पिरोफाइलाई सिओपिडी बारे चेतना जगाउनुका साथै प्रारम्भिक निदानलाई बढावा दिने सोचका साथ भारतमा सार्वजनिक गरेको थियो।