क्लोजअप नेपालले 'भ्यालेन्टाइन्स डे' को दिनमा नजिक आउ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ।
क्लोजअप नेपालले भ्यालेन्टाइन्स डे को अवसरलाई लक्षित गरी निरन्तरता दिएको नजिक आउ अभियान अन्तर्गत नजिक आउ वेब सिरिज सुरुवात गरेको हो। यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ।
एक ओरल केयर ब्राण्डको रूपमा स्थापित क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दाबी छ।
यस अघि नै चार भिन्न कथाहरू फेसबुक, इन्स्टाग्राम, युट्युब तथा क्लोजअपको माइक्रो वेबसाइटमा सार्वजनिक गरिएको थियो जसमा दर्शकहरूले व्यापक रुचि देखाएको कम्पनीको भनाइ छ।
यी ४ भागले एक करोडभन्दा माथि भ्युज र ९७ लाखभन्दा माथि पोस्ट इन्गेजमेन्ट हासिल गरेको छ।
दर्शकहरुले यी चार भागमा दिएको कमेन्ट्सको आधारमा अन्तिम भागलाई रोचक र हृदयस्पर्शी निष्कर्ष दिइएको कम्पनीको दाबी छ। हरेक इन्फ्लुएन्सरहरुले यस वेब सिरिजलाई प्रोत्साहन दिएका छन्।
साथै यस अभियानले सहभागीहरूको प्रेम कथालाई डिजिटल माध्यमबाट वास्तविकतामा प्रदर्शन गरेको छ।
फेब्रुअरी १४ सम्म माइक्रोसाइटमा लेखिएका प्रेम कथाहरुलाई छानी सफलतापूर्वक देशभरका विभिन्न बिलबोर्डहरूमा प्रदर्शन गरिएको कम्पनीको भनाइ छ।