प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले 'नेसनल कलेज फेयर' २३ फेब्रुअरी २०२४ मा सम्पन्न गरेको छ।
स्कुलले विद्यालय स्तरमा एकेडेमिक प्रस्फुटनका प्रयासहरू निरन्तर रूपमा गर्दै आइरहेको बताएको छ।
उक्त मेलामा एस कलेज अफ म्यानेजमेन्ट, किंग्स कलेज, प्रेसिडेन्सियल कलेज, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, द ब्रिटिश कलेज, एकेडेमी अफ कलिनरी आर्ट्स, सफ्टवारिका कलेज, काठमाडौं स्कूल अफ आर्ट्स, नेम इन्स्ट्रिच्युट, भाइब्रेन्टले आफ्ना शैक्षिक कार्यक्रमहरूका बारेमा जानकारी दिए।
राष्ट्रिय कलेजहरू र विश्वविद्यालयका कार्यक्रमहरूले पनि विदेशी कलेज वा विश्वविद्यालयहरू जस्तै गुणस्तरीय शिक्षा प्रदान गर्नेर आफ्नै देशमा स्तरीय उच्चशिक्षा प्राप्त गर्ने चाहनाबाट कोही पनि बञ्चित नहोउन् भन्ने आशयका साथ यो कार्यक्रम आयोजना गरिएको कलेजले बताएको छ।
विद्यार्थी र अभिभावकहरूले नेपालमा नै उच्च शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ र आफ्ना छोराछोरीलाई नेपालमै स्नातक वा स्नातकोस्तर अध्ययन गर्न सकिने कुराको निर्णयको लागि यस फेयरको आयोजना गरिएको हो।
जानकारीमूलक सामूहिक छलफलमा प्रा.डा. कृष्णा पोखरेल, (डिन, बि.पि.के.आइ.एच.एस.) प्रा.डा. विनोद कृष्ण श्रेष्ठ, (एसोसिएट डीन, कुसम,) प्रा. हिरेन्द्र प्रधान, (ए.इ.सि.ओ.एन.) प्रमोद पौडेल, (क्याम्पस प्रमुख, सफ्टवारिका कलेज) ले नेपालमै भएका अवसरहरूको बारेमा छलफल गरे र विश्वविद्यालय स्तरको शिक्षाका चुनौतीहरू र समाधानका उपायहरूका बारेमा पनि छलफल गरे।