घोराही सिमेन्ट उद्योगले मालपोत कार्यालयमा सरसफाई र रङरोगन कार्य सम्पन्न गरेको छ।
‘हाम्रो समुदाय, हाम्रो जिम्मेवारी’ भन्ने मूल भावना अघि सार्दै घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको हो।
उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा जुटाएर कार्यालयलाई व्यवस्थित गरेको हो।
हालै घोराही नगरपालिकामा भएका अशान्तिपूर्ण घटनाले प्रभावित भएको कार्यालयलाई आकर्षक र कार्यसुगम बनाउन गरिएको यो पहलले वातावरण सुधार गर्ने तथा सेवाग्राहीलाई सहज हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।
घोराही सिमेन्टले यस अभियानलाई केवल सरसफाई वा रङरोगन मात्र नभई समुदायमा आशा, आत्मबल र एकताको भावना जगाउने साझा कदमका रूपमा लिएको जनाएको छ।
साथै, उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उज्ज्वल र मजबुत भोलिको निर्माणमा योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।