सिंगापुर एयरलाइन्सले आफ्ना कर्मचारीहरूलाई ८ महिनाको तलब बराबरको रकम बोनस दिने भएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार मार्च ३१ मा सकिएको आर्थिक वर्षमा १.६२ अर्ब डलर खुद नाफा कमाएको एयरलाइन्सले कर्मचारीहरूलाई बोनस दिने घोषणा गरेको हो।
कोरोना महामारीका तीन वर्ष सिंगापुर एयरलाइन्स घाटामा गएको थियो।
गत वर्ष संसारभरि नै अन्तर्राष्ट्रिय उडान सहज हुन थालेपछि सिंगापुर एयरलाइन्सको बिजनेस ह्वात्तै बढेको थियो।
गत वर्षका १२ महिनामा सिंगापुर एयरलाइन्समा २ करोड ६५ लाख यात्रुले यात्रा गरेका थिए। यो संख्या अघिल्लो वर्षका १२ महिनाभन्दा ६ गुणा बढी हो।
सिंगापुर एयरलाइन्सको उच्च तहको व्यवस्थापनमा रहेका कर्मचारीले भने यो बोनस पाउने छैनन्।