नयाँ वर्ष सन् २०२५ को अवसरमा यती एयरलाइन्सले '२५ हजारमा नेपाल भ्रमण' योजना सार्वजनिक गरेको छ।
यती ट्राभल कार्ड अघि सार्दै यती एयरलाइन्सले यो योजना घोषणा गरेको हो।
यस योजना अन्तर्गत ग्राहकहरूले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर 'यती ट्राभल कार्ड' खरिद गरी यसको सदस्यता लिन सक्नेछन्।
उक्त कार्डमार्फत् सदस्यले यती एयरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुहरूलाई मात्र लागु गरिएको छ।
यती एयरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो।
उक्त योजनाबारे थप जानकारीका लागि यती एयरलाइन्सको आधिकारिक वेबसाइट मा हेर्न सकिन्छ।