साताको पहिलो दिन साढे १० अंकले नेप्से ओर्लिएको छ। कारोबार बन्द हुँदा १५ सय ९३ अंकमा नेप्से अडेको छ। १ सय ४१ कम्पनीको ५५ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
टेलिकम सूचीकृत अन्य समूह बाहेक सबै समूह ओर्लिएका छन्। टेलिकमको सेयर मूल्य प्रतिकित्ता १ रुपैयाँले बढ्दा अन्य समूह भने ० दशमलव ८६ अंकमा हरियो रह्यो। बैंकिङ ९, होटल १५, विकास बैंक ७, जलविद्युत ३०, फाइनान्स १, बिमा ९५ र उत्पादन समूह १३ अंकले ओर्लिए।
कारोबार रकमका आधारमा स्टाण्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। ४ करोड १५ लाखको कारोबार भएको उसको सेयर मूल्य प्रतिकित्ता २१ सय ९३ कायम भएको छ। त्यस्तै २ करोड १३ लाखको कारोबार भएको कुमारी बैंकको मूल्य ३ सय २२ कायम भएको छ।
गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको २–२ करोड रुपैयाँको कारोबार भयो। आरएसडिसी लघुवित्तको मूल्य ९. ९ प्रतिशतले बढ्यो। युनाइटेड मोदीको साढे ६ प्रतिशतले मूल्य बढेको छ। कर्णाली विकास बैंकको मूल्य ५ प्रतिशतले घट्यो।