धुर्मुस सुन्तली फाउण्डेशनले काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती पछि अब ‘नमुना नेपाल’ निर्माण गर्ने भएका छन्।
३ वटा एकीकृत नमुना बस्ती सफलतापूर्वक हस्तान्तरण गरिसकेका उनीहरूले नेपाललाई विश्वमा चिनाउने भन्दै एक महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन्।
फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना अघि सारेको हो । भूकम्पपछिको तीन वटा एकीकृत बस्ती निर्माण गर्न सफल भएको फाउन्डेसनले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘नमुना नेपाल’ बनाउने चौंथो योजना सार्वजनिक गरेको हो।
फाउन्डेसनका संस्थापकद्धय चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पारे।
फाउन्डेसनले सबै समुदाय, जाति, भाषा, समुदायलाई जोडेर नेपाललाई विश्वमा चिनाउने गरी ‘नमुना नेपाल’ अभियान संचालन गर्ने पनि स्पष्ट पारेको छ । फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउनका लागि ५ सय देखि १ हजार रोपनी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रम माझ उनीहरूले ‘नमुना नेपाल’ निर्माण गर्ने उद्घोष गरेका हुन्। परियोजनाले पुरा नेपालको झल्को दिनेछ र पर्यटन प्रबद्र्धनको लागि महत्वपुर्ण टेवा पुग्नेछ भन्ने आशा राखेका धुर्मुस सुन्तलीले जनाएका छन्।
‘सिंगो देशका सम्पूर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमूना नेपाल,’ धुर्मुसले भने, ‘यो ऐतिहासिक र राष्ट्रिय गौरवको परियोजना तपाईहरुको साथ र सहयोग बिना सम्भव छैन्। ‘नमुना नेपाल’ हाम्रो सबैभन्दा ठूलो परियोजना र नेपाल चिनाउने अभियान समेत हो।’
उक्त परियोजनाको अवधारणा हेर्नुहोस् भिडियोमा
https://www.youtube.com/watch?v=MY6nXlo2RGg