बजारमा पाइने कतिपय कस्मेटिक्स सामानमा न मूल्य, न उत्पादन मिति न कम्पनीको नाम केही पनि लेखिएको हुँदैन। लेवलविनाका यस्ता सामानबाट यदी कुनै नोक्सानी भएमा त्यसको जिम्मा कसले लिने ?
अर्को कुरा, हालै मैले किनेको आस्ताबेरी नामको सनब्लक क्रिममा पनि मूल्य थिएन। साढे २ सय रुपैयाँमा किनेको त्यो सनब्लक क्रिमलाई यदी व्यापारीले ४ सय नै भनेको भए पनि त हुन्थ्यो होला। के यस्ता मूल्य नै नभएका कस्मेटिक्स सामान बिक्री गर्न छुट नै हुन्छ त ?
कतिपय सामानमा फेरि व्यापारीले नै मूल्य लेखेको स्टिकर टाँस्दा रहेछन्। कम्पनीले लेखेको मूल्यलाई ढाकेर बाहिरबाट मूल्य टाँसेका सामान धेरै पाइन्छन्। उनीहरुले मनलाग्दी मूल्य टाँसेर हुन्छ? कम्पनीको मूल्यमाथि आफ्नो स्टिकर टाँसेर बेच्नेलाई कारबाही हुँदैन?