मसिना तथा बासनादार चामल आयात प्रतिस्थापन गर्न सरकारले उन्नत जातको धान उत्पादन गर्नका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई धानको बीउमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
स्थानीय र उन्नत जातको धान लोप हुने क्रम बढेपछि किसानलाई धानको बीउमा अनुदान दिन लागिएको हो । बर्सेनि भारतबाट चामल आयात गर्नु परिरहेको छ । कृषि डिभिजन कार्यालयले यस वर्ष करिब ५०० हेक्टर क्षेत्रमा स्वर्ण सव–१, सावा मन्सुली सव–१ जातको २५ मेट्रिक टन धानको बीउ अनुदानमा उपलब्ध गराएको कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरले जानकारी दिए। रासस