साधारणतया स्टेशनरीको सामानमा अस्वस्थ प्रतिसप्रधा हुदैन भनिन्छ तर यहाँपनि त्यो समस्या धेरै छ। विभिन्न कलेज अगाडि रहेका पसलहरुले त अतिनै गर्छन। एक दर्जन कापी किनेमा एउटा कलम सित्तैमा, किताबमा यति छुट आदीको प्रलोभन देखाएर झन ग्राहक ठग्छन्। यस्तो प्रतिस्पर्धाले गर्दा सही मूल्यमा व्यापार गर्नेले पनि मुल्य बढाएर यति छुट छ भनेर घटाउनुपर्ने हुन्छ। यस्तोमा कोहीकोहीले ग्राहकलाई ठगेका पनि छन् र त्यो राम्रो होइन। त्यसकारण स्टेशनरी समानको मूल्य निश्चित बनाई यस्तो अस्वस्थ प्रतिस्पर्धा रोक्न जरुरी छ।