नेपालमा अल्जाइमरका बिरामीहरुको संख्या बढ्दै गएको एक अनुसन्धानले देखाएको छ।
अल्जाईमर डिजिज इन्टरनेशनल (एडीआई)का अनुसार २०१५ सम्म नेपालमा अल्जाइमरका रोगीहरुको संख्या ७८ हजार रहेको थियो।
अल्जाईमर रोग लागेका नेपालीहरुको संख्या सन् २०३०मा १ लाख ३४ हजार पुग्ने एडीआईले जनाएको छ।
एडीआईका अनुसार २०५० सम्ममा यो संख्या बढेर २ लाख ८५ हजार पुग्नेछ।
जनसांख्यिकिय र महामारीसम्बधी संक्रमणले विश्वव्यापी रुपमा नै ज्येष्ठ नागरिकहरुमा सरुवा नहुने किसिमका रोगहरुको व्याप्तता बढाएका छन्।
नेपालमा ज्येष्ठ नागरिकहरुमाझ अल्जाईमर रोग बढ्दो क्रममा रहेको एडीआईले जनाएको छ।
अल्जाइमर जेष्ठ नागरीकमा देखिने नसर्ने खालको रोग हो। यसले बिस्तारै र गतिशिल रुपमा स्मरण शक्तिको नास गर्छ।