२०२२ को विश्व कप आयोजना हत्याउन कतारले घुस दिएको प्रकरणको सम्पूर्ण कागज जर्मनीको मिडियाले सार्वजनिक गर्ने भएको छ।
दि बिल्ड पत्रिकाले यो मुद्धाको स्वतन्त्र अनुसन्धान गरेका माइकल गार्सियाले २०१४ मा तयार पारेको कागज सार्वजनिक गर्न लागेको हो। २०२२ को विश्व कप आयोजनाको छनोटका लागि बोली लाग्नुअघि आफ्नो पक्षमा मतदान गराउन कतारले २० लाख अमेरिकी डलर फिफाका एक पदाधिकारीको १० वर्षे छोरीलाई समेत घुस दिएको बताइएको छ।
फिफा इथिक्स कमिटीका पूर्व अनुसन्धानकर्ता गार्सियाले २०१४ मै पदत्याग गरेका थिए। ४ सय ३ पेज लामो गार्सियाको रिपोर्ट मंगलबारदेखि प्रकासित हुने बिल्डले जानकारी दिएको छ।
विश्व कप आयोजनाको अधिकार पाउन कतारी फुटबल संघले फिफाका २ कार्यकारी सदस्यलाई ब्राजिलको रियोमा पार्टी गर्न प्राइभेट जेट नै उपलब्ध गराएका थिए।