यही जुलाईको पहिलो सातादेखि अस्ट्रेलियाका २ सयभन्दा बढि वरिष्ठ क्रिकेट खेलाडी बरोजगार बन्दै छन्।
अस्ट्रेलिया क्रिकेटर्स संघका अध्यक्ष ग्रेग डायरले बताएअनुसार आउँदो जुन ३० मा देशका सबै शीर्ष क्रिकेट खेलाडीहरुको क्रिकेट अस्ट्रेलियासँगको अनुबन्ध समाप्त हुँदैछ। र, यस अवधिमा खेलाडीसँगको अनुबन्ध नवीकरण नभएको खण्डमा १ जुलाईदेखि सबै खेलाडी बेरोजगार बन्ने छन्।
‘अनुबन्ध नवीकरणको समस्या समाधानतर्फ जादै गरेको देखिदैन,’ पूर्व टेस्ट विकेटकिपर डायरले भने। खेलाडीहरुको पारिश्रमिकलाई लिएर विवाद चुलिएपछि क्रिकेट अस्ट्रेलियाले पुरुक्ष र महिला खेलाडीको तलब बढाउन सहमति जनाएको थियो। तर, बोर्डले गर्ने आम्दानीको केही प्रतिशत हिस्सा खेलाडीलाई दिनु पर्ने मागमा भने सहमति बन्न सकेको छैन्।
खेलाडीहरु आफ्नो मागमा अडिग छन्। यसैकारण आउँदो अगस्टमा बंगलादेशविरुद्ध हुने दुई टेस्टको शृंखला र आउँदो नोभेम्बरदेखि सुरु हुने एसेस शृंखला अन्यौलमा देखिएको छ। अस्ट्रेलियाको महिला टोली हाल विश्व कप प्रतियोगिताका लागि इङ्ल्यान्डमा छन्।