चिनियाँ मोबाइल कम्पनी विवोले पछिल्लो वर्षको तुलनामा इन्डियन प्रिमियर लिग (आइपिएल) मा ५ सय गुना अधिक खर्च गर्ने भएको छ।
आइपिएलको २०१८ देखि २०२२ सम्म पाँच वर्षका लागि मुख्य प्रायोजक रहन विवोेले करिब ३ हजार ५ सय १८ करोड रुपैयाँ खर्चिन लागेको भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले जनाएको छ।
विवो विगत दुई वर्षदेखि आइपिएलको प्रायोजक थियो।
विवोले भारतीय क्रिकेट टिमको जर्सीलाई प्रायोजन गरेको अप्पोलाई सम्झौता नवीकरणमा उछिनेको थियो। अप्पोले २ हजार २ सय ८८ करोड रुपैयाँको बोली लगाएको थियो। विवोभन्दा अगाडि आइपिएलको मुख्य प्रायोजक पेप्सी थियो।