मेची नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक भिडन्त देखिएको छ।
२ सय मत गणना हुँदा दुवै पार्टीका मेयरका उम्मेदवारले ७८–७८ मत प्राप्त गरेका छन्।
यो नगरपालिकामा कांग्रेसबाट बिमल आचार्य मेयरका प्रत्यासी हुन भने एमालेबाट विष्णु प्रसाई छन्।
झापाको ८ वटा नगरपालिकामा बाँकीको ७ मा एमालेको अग्रता रहेको छ। एमालेले भद्रपुर, दमक, कन्काई, अर्जुनधारा, गौरादह, शिवशताक्षी र विर्तामोडमा अग्रता बनाएको छ।