बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ। बुटवलको वडा नं. १ मा नेकपा एमालेका मेहन्द्र लिगल विजयी भएका हुन्।
उनले ६ सय ६० मत प्राप्त पाएका छन् भने उनको प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र बस्नेतले ५ सय २५ मत प्राप्त गरे। वडा नं. १ बाट एक महिला सदस्य बाहेक अन्य सम्पूर्ण पदमा एमाले विजयी भएको हो।
१८ सय ७१ मतको मतपरिणाम सार्वजनिक हुँदा वडा अध्यक्षमा एमाले विजयी भए पनि मेयर पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता कायमै राखेका छन्।
१८ सय ७१ मतको परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले ९ सय ७७ मत पाएका छन् भने एमालेका शिवराज सुवेदीले ५ सय ९४ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै उपमेयरमा भने बिहानैदेखि नै नेकपा एमालेकी गोमा आचार्यले अग्रता कायमै राखेकी छन्। उनले पछिल्लो परिणाम अनुसार ६ सय ८४ मत प्राप्त गरेकी छन्। भने माओवादी केन्द्रका जगत पोखरेलले ६ सय ८२ मत प्राप्त गरेका छन्। २ मतले एमाले उपमेयर पदकी उम्मेदवार आचार्यले अग्रता बनाएकी हुन्। अब बुटवलको वडा नं. २ को मतगणना सुरु भएको छ । जुन वडाबाट २३ सय ८६ मत खसेको छ ।