विराटनगर महानगरपालिकाको सय मतको गणना हुँदा नेपाली कांग्रेसका भीम पराजुली अगाडि देखिएका छन्।
४६ मत पाएका भीमका निकट्तम प्रतिद्वन्दी एमालेका विनोद ढकालले ३५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हाद साहले ३ मत प्राप्त गरेका छन्। १०० मत गन्दा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको संघीय समाजवादी फोरमले खाता खोलेको छैन।