इलाम नगरपालिकास्थित वडा नम्बर १२ को साङरूम्बामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
मुख्य निर्वाचन अधिकृत नवराज दाहालले सेतोपाटीलाई दिएको जानकारी अनुसार लाखमान लिम्बुको अध्यक्षतामा रहेको नेपाली कांग्रेसको प्यानलले नै जितेको हो। लिम्बुको प्यानलले सबै पदमा नेकपा एमालेका प्रतिस्पर्धीलाई पराजित गरेका थिए।