झापाको पहाडी जिल्लामा नेपाली कांग्रेसले अग्रता लिएको छ। झापाको पहाडी जिल्ला ताप्लेजुङमा नेकपा एमालेले प्रारम्भिक अग्रता कायम राखे पनि कांग्रेसले बाँकि २ जिल्ला पाँचथर र इलाममा अग्रता बनाएको छ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एमालेका छत्रपति प्याकुरेलले १ सय ९५ मत ल्याएर अग्रता बनाएका छन्। यहाँ कांग्रेसका केशवप्रसाद दाहालले १ सय २८ मत प्राप्त गरेका छन्।
तर, इलाम नगरपालिकामा कांग्रेसका हिमाल कर्मचार्यले ७ सय ५० मत ल्याएर अग्रता बनाएका छन्। १ हजार ८ सय ५४ मत गणना हुँदा एमालेका महेश बस्नेत ७ सय ४ मत ल्याएर दोस्रो स्थानमा छन्।
पाँचथरको फिदिम नगरपालिकामा पनि कांग्रेसका ओनाहाङ नेम्बाङले ३ सय ३९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका राजकुमार भण्डारीले २ सय ८३ मत प्राप्त गरेका छन्।