क्षेत्र नम्बर १ को विराटनगर, इटहरी र धरानको ‘हेभिवेट’ स्पर्धामा नेपाली कांग्रेसका प्रतिस्पर्धी अगाडि देखिएका छन्। क्षेत्र नम्बर १ को एक मात्र महानगरपालिका विराटनगरमा नेपाली कांग्रेसका भीम पराजुलीले अग्रता बनाएका छन्। यस्तै, इटहरी उपमहानगर र धरान उपमहानगरमा पनि कांग्रेसले नै अग्रता बनाएको छ।
प्रारम्भीक मतगणना अनुसार भीमले विराटनगरमा ५८ मतका साथ अग्रता बनाएका छन्। उनको प्रतिद्वन्दी नेकपा एमालेका विनोद ढकालले ४० मत प्राप्त गरेका छन्।
सुनसरीको इटहरीमा कांग्रेसका रोहित प्रसाई ४ सय ३१ मत प्राप्त गर्दै अगाडि छन्। उनका प्रतिद्वन्दी एमालेका द्धारिकालाल चौधरीले ३ सय ३२ मत प्राप्त गरेका छन्।
सुनसरीकै अर्को उपमहानगरपालिका धरानमा पनि कांग्रेसका तिलक राई १ सय ४१ मतका साथ अग्रस्थानमा छन्। उनलाई ६१ मत ल्याएर एमालेका तारा सुब्बाले पछ्याइरहेका छन्।