विराटनगर महानगरपालिकाको मतगणना अत्यन्त सुस्त भएको भन्दै चौतर्फी दबाब परेपछि स्थानीय निर्वाचन कार्यालयले ४ ठाउँबाट मतगणना गर्ने कामलाई तिब्रता दिएको छ। विराटनगर २, ३ र ४ को गणना सुरु गरिएको निर्वाचन कार्यालयले जानकारी दियो। मतगणना बिहिबार साँझ ५ बजेबाट सुरु भएको थियो। शुक्रबार बिहान १० बजेसम्म निर्वाचन कार्यालयले ३ सय ५० मत मात्र गणना गरेको थियो। हालसम्म १ वडाको मात्र मतगणना भइरहेको थियो।