नेकपा एमालेको ‘लाल किल्ला’ मानिने झापा जिल्लाको ८ वटा नगरपालिकामध्ये २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ। कांग्रेसले मेची नगरपालिका र गौरादहमा अग्रता बनाएको हो।
यी दुई नगरपालिकाबाहेक झापा, दमक, कन्काई, अर्जुनधारा, शिवशताक्षी र विर्तामोड नगरपालिकामा एमालेले सुरुदेखि नै अग्रता कायम गरेको छ।
मेचीमा कांग्रेसका विमल आचार्य करिब २ हजार मतगणना हुँदा ७ सय ४८ मतका साथ अग्रस्थानमा छन्। एमालेका विष्णु प्रसाईले ७ सय १६ मत प्राप्त गरेका छन्।
यस्तै, गौरादहमा कांग्रेसका रोहितकुमार साहले १६ सय ४७ मत प्राप्त गर्दै अगाडि छन्। एमालेका मदन अधिकारीको १४ सय २० मत छ।