रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीका उम्मेदवार ओमप्रकाश घर्ती र उपाध्यक्षमा ओमकुमारी शाही मल्ल विजयी भएका हुन्। उम्मेदवार ओमप्रकाश घर्तीले २५५१ मत प्राप्त गरि विजयी भएका हुन्।
पुथा उत्तरगंगा गाउँपालिकामा १४ वडामध्ये १० मा माओवादी केन्द्र विजयी भएको छ। यसैगरि २ वडामा नेपाली कांग्रेस र २ वडामा नेकमा एमालेले विजय हाँसिल गरेका छ।