झापा जिल्लाको दमक नगरपालिकाको मतगणना पुनः सुरु भएको छ।
नगरपालिकाको वडा नं १ मा विवादपछि रोकिएको मतगणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृत बेदराज फुयाँलले जानकारी दिए।
उनले बाँकी वडामा मतगणना कार्य जारी रहेको बताए।
निर्वाचन अधिकृतको निष्पक्षतामा प्रश्न उठाउँदै कांग्रेस, माओवादीसहितका दलले बिहानदेखि मतगणना बहिस्कार गरेका थिए।