प्रदेशसभा सदस्यको समानुपातिक सदस्यमा नाम नराखेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालयमा तोडफोड भएको छ।
समानुपातिक सूचिमा नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष विनोद सिंहको नाम प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचिमा नाम नराखेको भन्दै उनका समर्थक कर्मचारीहरुले तोडफोड गरेको पार्टी निकट स्रोतले जानकारी दिएको छ।
पार्टी कार्यालयमा रहेको बोर्ड च्यातिनुका साथै कुर्सीहरुसमेत तोडफोड भएको छ। कर्मचारी मञ्चका पदाधिकारीहरुले अध्यक्षमण्डलका नाम रहेको बोर्डसमेत फालेका छन्।
कर्मचारी मञ्चका पदाधिकारीहरुले विनोद सिंहको नाम नराखेको भन्दै तोडफोड सुरु गरेको हो।
अध्यक्ष मण्डलहरुको बैठकले प्रदेश २ का १०, प्रदेश ५ र ७ का एक-एक सदस्य गरी १२ जना सदस्य छनोट गरेको हो । प्रदेश २ मा सात महिला र तीन पुरुष सिफारिस भएका छन् ।
अध्यक्ष मण्डलका सदस्यहरुको भागवण्डाका आधारमा समानुपातिक सदस्य चयन भएको एक नेताले बताए ।अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी डिम्पल झा पनि प्रदेशसभा सदस्य बनेकी छन् । उनी पूर्व सभासद पनि हुन् । उनी झाको कोटामा परेकी हुन् ।
यी हुन् छनोट भएका सभासदहरू१. बविता चौधरी२. निलम देवी भुमिहारिन३. अन्जु कुमारी४. पुनम यादव५. विभा ठाकुर६. डिम्पल झा७. रामनरेश राय८. जानकी शरण साह९. राम प्रवेश बैठा१०. लैला खातुन