राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रदेशसभाका सांसदहरुको सूचि निर्वाचन आयोगमा बुझाएका छन्। राजनीतिक दलहरुले शुक्रबार साँझसम्म तोकिएको समयभित्रै समानुपातिकतर्फ प्रदेशसभाका आफ्ना सांसदहरुको नामावली निर्वाचन आयोगलाई बुझाएका हुन्।
निर्वाचन आयोगका सहसचिव दिनेशकुमार घिमिरेले दलहरुले बुझाएको प्रदेशसभा समानुपातिक तर्फका सांसदहरुको नामावली प्राप्त भएको र भोलिनै सो नामावली कानुनसम्मत भए, नभएको छानवीन गरी कानुन सम्मत नभए सच्याउन ३ दिनको समय दिने जानकारी दिए।
संवैधानिक व्यवस्था अनुसार महिला, जनजाति, दलित लगायतका क्लष्टर बमोजिम नामावली नआए दलहरुलाई सच्याउन ३ दिनको समय दिनुपर्ने हुन्छ ।
निर्वाचन आयोगले ४ दिन भित्र प्रदेश सभा समानुपातिकतर्फका सांसदहरु औपचारिक रुपमै विजयी भएको घोषणा हुने पनि स्पष्ट पारेको छ। निर्वाचन आयोगले त्यसपछि प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदहरुको सिट संख्या निर्धारण प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारेको छ । राजनीतिक दलहरुले आफ्नो दलले पाएको मतको आधारमा समानुपातिकतर्फको सांसद संख्या पाउने कानुनी व्यवस्था छ ।
https://www.youtube.com/watch?v=YUKPZzgyKdg&feature=youtu.be