सरकारले ३ वर्षपछि मानव अधिकार आयोगको सचिव नियुक्त गरेको छ।
सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारी प्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद्ले मानव अधिकार आयोगमा खरेललाई नियुक्ति गर्ने निर्णय गरेको हो।
यो पनि:
मानव अधिकार आयोगले दोहोर्याएर गर्यो सहसचिव खरेलको बढुवा सिफारिस
यस्तै, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने समेत निर्णय गरेको छ।
नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बैकुण्ठ बहादुर अधिकारीलाई बढुवा गर्ने भएको छ भने नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा केदारनाथ शर्मालाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
भिडिओ-