सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीका रूपमा दीर्घ साेडारीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्।
बिहीबार साँझ प्रदेश प्रमुख नाजिर मियाँले उनलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन्।
नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित सर्मथन साेडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
पद तथा गाेपनीयताकाे शपथपछि पदभार ग्रहणकाे कार्यक्रम छ।