इलाममा अहिलेसम्म ४९ हजार भन्दा बढीले मतदान गरेका छन्।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन भइरहेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा अहिलेसम्म ४२ प्रतिशत मतदान भएको सेतोपाटीलाई जानकारी दिए।
मतदान गर्नेको संख्या साँझ बढ्न सक्ने आकलन गरिएको उनले बताए।
दिनभर काममा गएका मानिसहरू अपराह्नमा मतदानमा सहभागी हुने प्रजिअ पौडेलले बताए।
४२ वटै वडाका मतदान केन्द्रहरूमा शान्तिपूर्ण तवरबाट मतदान सञ्चालन भइरहेको पनि उनले बताए।
यहाँ बिहान १० बजेसम्म २० प्रतिशत तदान भएको थियो। मतदान बिहान ७ बजेदेखि सञ्चालन भएको थियो।
इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन्।