मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले २६ ठाउँमा उम्मेदवारी दिएको छ।
पार्टीका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार रास्वपाले २६ ठाउँमा उम्मेदवारी दिएको हो।
झापाको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नवीनकुमार खवासले उम्मेदवारी दिएका छन्
तेह्रथुमको लालिगुराँस नगरपालिका—८ को वडाध्यक्षमा सञ्जीव खड्का उम्मेदवारी दिएको पराजुलीले बताए।
सुनसरीको गढी गाउँपालिका—६ वडाध्यक्षमा शशिकुमार साहुु, ओखलढुंगा मेलुङ गाउँपालिका—५ को वडाध्यक्षमा विष्णुप्रसाद पोख्रेल उम्मेदवारी दिएका छन्।
ताप्लेजुङको जिरिजङ्घा गाउँपालिका—३ को वडाध्यक्षमा देवीप्रसाद पौडेल, उदयपुरको त्रियुगा नगरपालिका—१२ को वडाध्यक्षमा ध्रुवप्रसाद पोख्रेल र उदयपुरकै बेलका नगरपालिका—९ को वडाध्यक्षमा तेजमान विश्वकर्मा उम्मेदवारी दिएका छन्।
धनुषाको धनुषाधाम नगरपालिका—१ को वडाध्यक्षमा नरेश दास, महोत्तरीको रामगोपालपुर नगरपालिका—२ को वडाध्यक्षमा खुर्सैद खाँले उम्मेदवारी दिएका छन्।
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छिन्। काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रोजिना श्रेष्ठले उम्मदवारी दिएको पराजुलीले बताए। नुवाकोटको ककनी गाउँपालिका—२ को वडाध्यक्षमा मंगलसिद्धि लामा तामाङले उम्मेदवारी दिएका छन्।
हेटौंडा उपमहानगरपालिका—१२ को वडाध्यक्षमा आशा विरवलले उम्मेदवारी दिएका छन्। गोरखाको गोरखा नगरपालिका—५ को वडाध्यक्षमा मंगलबहादुर थापाले उम्मेदवारी दिएका छन्।
गुल्मीको मुसिकोट नगरपालिका—१ को वडाध्यक्षमा विकास थापा, रोल्पाको रून्टिगढी नगरपालिका—४ को वडाध्यक्षमा हिमबहादुर पुन, कपिलवस्तुको शुद्धोधन गाउँपालिका—१ को वडाध्यक्षमा अवधेश कुमार चौधरीले उम्मेदवारी दिएका छन्।
यस्तै, बर्दीयाको ठाकुरबाबा नगरपालिका-४ को वडाध्यक्षमा वासुदेव शर्मा, दैलेखको महाबु गाउँपालिकाको उपाध्यक्षमा प्रकाशबहादुर बुढा, दुल्लु नगरपालिका—१३ को वडाध्यक्षमा रामबहादुर शाहीले उम्मेदवारी दिएका छन्।
कालिकोट तिलागुफा नगरपालिका—४ को वडाध्यक्षमा गगन बम, जाजरकोटको नलगाड नगपालिकाको उपप्रमुखमा पार्वती पुन, कुशे गाउँपालिका—७ को वडाध्यक्षमा कमान सार्कीले उम्मेदवारी दिएका छन्।
हुम्ला सर्केकोट गाउँपालिकाको उपाध्यक्षमा वाचा बुढाले उम्मेदवारी दिएका छन्। डोटीको फुर्वाचौकी गाउँपालिका—६ को वडाध्यक्षमा जानकी कुमारी खड्का कुँवरले उम्मेदवारी दिएकी छिन्
कञ्चनपुर भीमदत्त नगरपालिका—६ को वडाध्यक्षमा रामदत्त भट्ट उम्मेदवार बन्ने भएका छन्।
मंसिर १६ गते ४४ स्थानीय तहका विभिन्न रिक्त स्थानमा उपचुनाव हुँदैछ। स्थानीय तह निर्वाचनमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो।
२०७९ सालको स्थानीय तह निर्वाचन हुँदा रास्वपा गठन भएको थिएन।