नेपाली कांग्रेसले संसदीय दल बैठक बोलाएको छ।
माघ १३ गते आइतबारका लागि कांग्रेसले संसदीय दल बैठक बोलाएको हो।
आइतबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने संसदीय दल कार्यालयले जनाएको छ।
संसद र समितिमा रहेका विचाराधीन विधेयकहरू र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ।
बैठकमा पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी हुनेछन्।
संघीय संसदको दुवै सदनको बैठक माघ १८ गतेका लागि बोलाइएको छ।