भूकम्प प्रभावित म्यान्मारमा नेपालले पठाएको राहत सामग्री त्यहाँको सरकारलाई हस्तान्तरण गरिएको छ।
बुधबार बेलुकी राहत सामग्री लिएर वायु सेवा निगमको चार्टर्ड विमान म्यान्मार गएको थियो।
राहत सामग्री लिएर परराष्ट्र मन्त्रालयको दक्षिण पश्चिम डिभिजन प्रमुख तपस अधिकारीसहितको १६ सदस्यीय प्रतिनिधिमण्डल बिहान ३ बजे म्यान्मार पुगेको थियो।
राहत सामग्री म्यान्मार सरकारका प्रतिनिधिलाई हस्तान्तरण गरी नेपाली प्रतिनिधिमण्डल फर्किसकेको छ।
नेपालले करिब १ करोड ४० लाख बराबरको ७० टन राहत सामग्री उपलब्ध गराएको हो।
त्यसमा खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, औषधी, ब्लड ट्रान्सफ्युजन सेट, टेन्ट लगायतका सामग्री छन्।
नेपाली सेनाका मेडिकल टिम यसअघि नै म्यान्मार गएर उचारमा खटिइरहेका छन्।
चैत १५ गते ७.७ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म ३ हजार ५९१ जनाको मृत्यु भइसकेको छ भने १४८ जना बेपत्ता छन्।