नेपाल बार एशोसिएशनमा नयाँ कार्यसमिति चयन भएको छ।
बिहीबार एशोसिएशन परिसरमा निर्वाचन समितिले बारमा विजयप्रकाश मिश्रको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको घोषणा गरेको हो।
बारमा कांग्रेस-एमाले गठबन्धनको प्यानलै निर्वाचित भएको छ।
अध्यक्षका उम्मेदवार मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादी केन्द्र-रास्वपा-एकीकृत समाजवादीतर्फ गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरे।
उपाध्यक्षहरूमा सात प्रदेशबाट पदमप्रसाद लिम्बु, अजयशंकर झा, तेजबहादुर रावल, भूपेन्द्र खनाल, कृष्णप्रसाद पोख्रेल, विवशकुमार बस्नेत, सिद्धराज ओझा र महिलातर्फबाट अधिवक्ता सरस्वती श्रेष्ठ विजयी भए।
केदारप्रसाद कोइराला महासचिव निर्वाचित भए।
कोषाध्यक्षमा जगतबहादुर कार्की, दलित सदस्यमा चिरञ्जिबी तिलक्यानी, मधेसी तर्फ (काठमाडौं बाहिर)बाट सूर्यकुमार यादव, मधेसी/मुस्लिम खुला रिंकुकुमारी यादव, आदिवासी/जनजाति (काठमाडौं बाहिर) वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र आदिवासी जनजाति खुलामा मंगल सुन्दर शिल्पकार निर्वाचित भएका हुन्।
महिला सदस्यमा रंजिता कार्की, काठमाडौं बाहिरका अधिवक्ता किरण पौडेल र खुलातर्फ किरण न्यौपाने, शारदा गुरूङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका हुन्।
निर्वाचित कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरूले अबिर र फूलमाला लगाएर बधाई साटासाट गरेका छन्।
तस्बिरहरू:
-ink-1744274509.jpeg)
-ink-1744274509.jpeg)
-ink-1744274509.jpeg)
-ink-1744274508.jpeg)
-ink-1744274507.jpeg)
-ink-1744274507.jpeg)
-ink-1744274508.jpeg)
-ink-1744274508.jpeg)
-ink-1744274506.jpeg)
-ink-1744274506.jpeg)
-ink-1744274505.jpeg)
-ink-1744274505.jpeg)
-ink-1744274504.jpeg)
-ink-1744274504.jpeg)
-ink-1744274503.jpeg)
-ink-1744274503.jpeg)
-ink-1744274500.jpeg)
-ink-1744274501.jpeg)
-ink-1744274501.jpeg)
-ink-1744274502.jpeg)
-ink-1744274500.jpeg)
-ink-1744274500.jpeg)
-ink-1744274500.jpeg)
-ink-1744274499.jpeg)
-ink-1744274499.jpeg)
(तस्बिरः नेपाल फोटो लाइब्रेरी)