नेकपा एकीकृत समाजवादीको कोशी अध्यक्षमा सरिता खड्का चयन भएकी छन्।
एकीकृत समाजवादी कोशीमा ५ जना अध्यक्षका दाबेदार थिए।
उपमहासचिव राजेन्द्र राई नेतृत्वको अध्यक्ष मण्डलले संखुवासभाकी खड्कालाई पार्टी प्रदेश अध्यक्ष र खोटाङका जलशेर राईलाई सचिव घोषणा गरेको हो।
यद्यपि उपाध्यक्ष पद भने एकीकृत समाजवादीले खाली नै राखेको छ। पोलिटब्युरो सदस्यहरू धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र उदयपुर अध्यक्ष विनोद खड्का पनि दाबेदार थिए।
अध्यक्ष मण्डलले संखुवासभाबाट यसअघि प्रदेशसभा सदस्य रहिसकेकी खड्कालाई अध्यक्ष पदमा घोषणा गरेको हो।