राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावल, नारायण कँडेल र आशिष थापासहितले शुक्रबार सर्वोच्चमा रिट निवेदन दिएका हुन्।
‘उच्च अदालतको आदेश बदरको माग गर्दै हामीले रिट दिएका छौं,’ रास्वपा नेता रावलले सेतोपाटीसँग भनिन्।
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेश आएको केही घन्टामै लामिछाने पक्राउ परेका थिए। उनी थुनामै छन्।