मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) विरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित महिला सेलले उनीविरूद्ध यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गरिरहेको हो। परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले दुर्व्यवहारको विषय आएकाले वास्तविकतामाथि अनुसन्धान भइरहेको बताए।
‘हामीले अनुसन्धान गर्दैछौं। वास्तविकता के हो। घटना भएको हो कि होइन। त्यतिकै आरोप लगाएको पो होकि भनेर पनि सबै पाटोमा हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने।
उनीविरूद्ध पक्राउ पुर्जी जारी भए/नभएको बारे जानकारी नभएको पनि उनले बताए।